काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने भएको छ । पार्टीका सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र गृहमन्त्रालय रास्वपालाई नदिने सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएपछि सो पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकले सरकारबाट बाहिरिने निर्णय गरेको एक नेताले बताएका छन् ।
केही क्षणमा पत्रकार सम्मेलनमार्फत वैठकले गरेका निर्णय सार्वजनिक गरिने बताइएको छ ।