काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीको क्षेत्रमा ठगि गर्नेलाई सरकारले निर्मम ढंगले कारवाहीको दायरमा ल्याइने बताएका छन् ।
आइतबार सिंहदरबारमा वैदेशिक रोजगारीका क्रममा गठिएका व्यक्तिहरुंग छलफल गर्दै मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जानेलाई ठगि गर्नेलाई सरकारले कुनै पनि हालतमा संरक्षण नगर्ने र निर्मम ढंगले कारवाहीको दायरमा ल्याइने बताएका हुन । उनले अहिले संस्थागत ठगि गरे बदनामी हुने डरले म्यानपावर कम्पनीले नै व्यक्तिलाई अघि सारेर ठगि गरेको आशंका रहेको बताएका छन् । यस क्षेत्रमा हुने गरेको ठगिका बारेमा आफु जानकार रहेको र त्यसमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन सवैको सहयोग आवश्यक रहेको मन्त्री अर्यालले बताएका छन् ।
मन्त्री अर्यालले वैदेशिक रोजगारीलाई व्यवस्थित पार्नका लागि मन्त्रालयका बिभिन्न निकायलाई निर्देशन नै दिइसकेको जानकारी दिएका छन् । उनले आफु मन्त्री भएदेखि श्रमिककै हकहितका लागि काम गरिरेहेको दावी गरेका छन् ।
श्रम, रोजगारका क्षेत्रमा काम गर्नका लागि आफुलाई सवै टिमबाट सहयोग प्राप्त भएकाले वैदेशिक रोजगारीको क्षेत्रका अन्य समस्याहरु अवगत गराउन पनि उनले आग्रह गरेका छन् ।