काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज ‘विशेष’ पत्रकार सम्मेलन गर्ने भएका छन् । रविले बैठकलगत्तै पार्टी कार्यालयबाट विशेष पत्रकार सम्मेलन गर्ने जानकारी गराएका छन् ।
उनले आफूले सीधा कुरा नगरेको धेरै भएकाले पत्रकार सम्मेलनबाट हेर्न र सुन्न सबैमा आग्रह समेत गरेका छन् ।
‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ । त्यस लगत्तै पार्टी कार्यालयबाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु । म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन् । मैले सिधा कुरा नगरेको धेरै भएछ,’उनले लेखेका छन्।
पुन:नागरिकता लिएपछि लामिछानेले गृहमन्त्रालयमा दावी गर्दै आएका छन् । लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहबाहेक अन्य मन्त्रालय दिनसक्ने बताएपछि थप निर्णय लिने रास्वपाले केहीबेरमा केन्द्रीय समिति र संसदीय समितिको बैठक बोलाएको छ ।
गृहमन्त्री नपाउने भएपछि सरकार छोड्ने चेतावनी रास्वपाले दिएको छ । सोही विषयमा टुंगो आजको बैठकले लगाउने जनाएको छ । नागरिकता विवादमा सर्वोच्च अदालतले दोषी ठहर गरिदिएपछि लामिछानेको उप्रधान,गृह र सांसद पद गुमेको छ ।