काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ।
सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बिहीबार बिहान बसेको संदीय दल कार्यसमितिको बैठकले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदावारी दिने निर्णय गरेको कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।
बैठकपछि लेखकले भने,’राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय भएको छ। यसबारे अन्य दलहरूसँग छलफल गरेर अघि बढ्छौं ।’ राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुँदैछ । बैठकले कांग्रेस संसदीय दलको बैठक माघ २६ गते बोलाउने निर्णय गरेको छ ।




















