काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अमेरिकी राजनीतिक मामिला उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डबीच भेटवार्ता भएको छ ।
नेपालको दुई दिने भ्रमणमा रहेकी अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डले सोमबार एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीसँग एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो ।
उक्त अवसरमा दुई पक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको छ ।