काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी उप-विदेशमन्त्री भिक्टोरिया नुल्यान्डबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
विदेशमन्त्री नुल्यान्डले आजै एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री विमला राई पौड्याल लगायतका नेता तथा उच्चपदस्थ सरकारी अधिकारीसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ ।
नुल्यान्ड ३३ वर्षयता अमेरिकी कूटनीतिज्ञका रुपमा कार्यरत छिन्। उनी नयाँ सरकार बनेपछि नेपाल भ्रमण गर्ने सबैभन्दा वरिष्ठ अमेरिकी अधिकारी हुन् । नेपालपछि उनी भारत र श्रीलंकाको भ्रमण जाने बताइएको छ ।