काठमाडौं । सेयर कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा सामान्य करेक्सन आएको छ । नेप्से परिसूचक ०.३५ अंकले घटेर २१८३.२७ विन्दुमा अडिएको छ ।
नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । आज २५४ कम्पनीको ७७ लाख ६४ हजार १५३ कित्ता सेयर २ अर्ब ८६ करोड ८२ लाख ८३९ रूपैयाँमा कारोबार भयो ।
अघिल्लो कारोबार दिन बुधबार ३ अर्ब ४६ करोड ६५ लाख ८ हजार ३३८ रुपैयाँको सेयर कारोबार भएको थियो ।
यसदिन ४ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो। लुम्बिनी जनरल इन्स्योरेन्स,आदर्श लघुवित्त वित्तीय,बराही हाइड्रोपावर पब्लिक र ज्योति लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
कारोबार रकमका आधारमा ९ करोड ७० लाख बढिको सेयर कारोबार भयो। रिडी पावर कम्पनीको ८ करोड र आँखु खोला जलविद्युतको ७ करोड बढिको सेयर किनबेच भयो।
कारोबारमा आएका १३ समूहमध्ये ६ को मूल्य बढ्यो भने ७ को घट्यो ।