काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विचारमा संगठित भएर संगठनलाई अगाडि बढ्नुपर्ने बताएका छन् । बुधबार पार्टी कार्यालयमा आयोजित विशेष अनुशिक्षण कार्यक्रममा बोल्दै गलत र अनुचित विचार हटाएर सही आचरण स्थापित गर्नुपर्ने बताएका हुन् ।
उनले जनता केन्द्रीत, सुशासन केन्द्रीत गरेर योजना बनाउनुपर्ने धारणा राखे । वैयक्तिक स्वार्थका विषय संस्थाको समस्या नहुने बताउँदै ओलीले देश, जनता, सुशासनकेन्द्रीत विचार राख्दा सफल हुने उल्लेख गरे। ओलीले एमाले पार्टी दलबलले अगाडि बढ्ने पार्टी नभई विचारले अगाडि बढेको पार्टी भएको स्पष्ट पारे । ओलीले भने, ‘कतिपय पार्टी के का लागि खोलेका हुन् नै थाहा हुँदैन । केही सामाजिक असन्तुष्टिलाई प्रयोग गर्ने । गन्तव्य के हो थाहा हुँदैन । केही मौसमी खालका कुराबाट ह्वात्त आउने, देखा पर्ने हुन्छन् तर स्थायी हुँदैनन् । ‘
ओलीले कार्यकर्तालाई वैचारिक हतियारबाट सु-सञ्जित गर्न अनुशिक्षण कार्यक्रम आयोजना गरिएको बताए ।




















