काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले वायुसेवा निगमका जहाजहरुको दैनिक रिपोर्ट पनि पेस गर्न निर्देशन दिएका छन् ।
सोमबार वायुसेवा निगमको कार्यालय निरीक्षण गर्दै मन्त्री किरातीले निगमका जहाज समयमा नै नउड्दा बदनाम हुन पुगेको भन्दै अव दैनिक रिपोर्ट पनि पेस गर्न निर्देशन दिएका हुन ।
हवाई सेवामा एक सेकेन्डको पनि महत्व हुने भन्दै समयमै जहाज उडाउन र नेपाली समयको बदनाम नगर्न उनले चेतावनी दिएका छन् । मन्त्री किरातीले निगम सुधारका लागि छिट्टै आर्थिक योजना पेस गर्न र एक महिनाभित्र अनलाइनमार्फत् टिकट काट्ने व्यवस्था गर्न पनि निगमलाई निर्देशन दिएका छन् । उनले निगममा रहेर काम गर्न नसके मार्गप्रसस्त गर्न पनि सुझाव दिएका छन् ।
उनले यसअघि भएका गल्तीलाई अव उपरान्त नदोहराउन निर्देशन दिँदै सकारात्मक काममा सधै साथ दिने स्पष्ट पारेका छन् ।