काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरामा विमान दुर्घटनाबाट निधन भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । सामाजिक सञ्जालमार्फत राष्ट्रपति भण्डारीले दुर्घटनाको खबरले आफू स्तब्ध भएको उल्लेख गर्दै ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली एवम् शोकाकुल परिवाजनमा समवेदना प्रकट गर्नु भएको छ ।
राष्ट्रपति भण्डारी ट्वीटरमा लेख्नु भएको ‘यति एयरलाइन्सको एटिआर-७२ विमान पोखरामा दुर्घटना भएको खबरले स्तब्ध भएको छु । दुर्घटनामा जीवन गुमाउने यात्रु एवं चालक दलका सदस्यहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’
आज बिहान भएको दुर्घटनामा विमानमा सवार ७२ जनाकै मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । ६४ जनाको शव भेटिएको छ ।