काठमाडौँ । यसै हप्ता सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न सरकारले स्वीकृति दिने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्दै शुक्रबार सरकार प्रवक्ता एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आयोजनाको प्रभावकारी व्यवस्थापन र आर्थिक लाभको सुनिश्चिताका लागि विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्विकृत दिने निर्णय भएको बताएका छन्।
राष्ट्रिय गौरवको आयोजना मध्येको एक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थमन्त्रालयको प्रस्तावमा राजश्व कार्यालय स्थापना गर्नका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने पूर्वस्वीकृति प्रदान गरिएको पौडेलले बताएका छन् ।
आयोजनाको प्रभावकारी व्यवस्थापन गर्ने र विमानस्थलबाट यर्थेस्ट लाभको सुनिश्चिता गर्ने जिम्मेवारी सरकारको रहेकाले आवश्यक जनशक्ति समेत व्यवस्थापन गर्ने निर्णय गरिएको उनले बताएका छन् ।
प्रवक्ता पौडेलले सरकारले राष्ट्रिय सभा सदस्य उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।