काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको वर्तामन अर्थतन्त्रको अवस्था र सुधार गर्नुपर्ने विषयबारे आज उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनीहरुबीच देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैङ्किङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषय बारे कुरा भएको बताइएको छ ।
प्रधानमन्त्री दाहालले बैङ्किङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीहरूको विषयमा चासो राराख्दै ब्याजदर घटाउन तथा तरलताको समस्याका बारेमा मौद्रिक नीतिमा सुधारका साथै अन्य आवश्यक पहलकदमी गर्नुपर्नेमा जोड दिएको उनको सचिवालयले जनाएको छ ।
देशको अर्थतन्त्रमा देखिएको चुनौतीका कारण जनतामा परेको असरलाई न्यूनीकरण गर्ने उपायहरूको खोजी गर्न, अनुत्पादक क्षेत्रमा ऋण प्रवाह रोक्न तथा अर्थतन्त्रको अवस्थाबारे जनतालाई सुसूचित र सचेत तुल्याउन आवश्यक रहेको उनले बताएका छन् ।
प्रधानमन्त्रीले अनुत्पादक क्षेत्रमा ऋण प्रवाह रोक्न, अर्थतन्त्रको अवस्थाबारे जनतालाई सुसूचित गरेर सचेत बनाउन आवश्यक रहेको पनि बताएका छन् ।

























