काठमाडौँ । कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडले गाभिएर आजबाट एकीकृत कारोबार सुरु गरेका छन्।
नेपाल राष्ट्र बैंकले मर्जरपछि कुमारी बैंक लिमिटेडबाट नयाँ नाम तोकिदिएको थियो । सो अनुसार आजबाट उक्त नाममा एकीकृत कारोबार सुरु भएको हो।
बैंकको मुख्य कार्यालय हाल कुमारी बैंकको कार्यालय रहेको स्थान टंगालमा नै रहने छ । बैंकको सञ्चालकमा कुमारीको ३ र एनसीसीमा ३ जना रहनेछन् । बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश अर्याल र बरिष्ठ डेपुटी सीईओमा रामचन्द्र खनाल रहनेछन् ।
मर्जरपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड रुपैयाँ हुनेछ । बैंकको कुल पुजी ३७ अर्ब ६५ करोड रुपैयाँ हुनेछ । मर्जरपछि एकीकृत कारोबारको अन्तिम तयारीमा रहेका दुवै बैंकको सेयर कारोबार १५ दिन रोक्का हुने भएको हो । बैंकले पुस १७ गतेदेखि १५ दिनका लागि सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको छ ।




















