काठमडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले काठमाडौं उपत्यकाका तरकारी बजारमा बिद्युतीय भुक्तानीको अवस्थामा बारेमा जानकारी लिएका छन् ।
आइतबार नक्सालको तरकारी बजारमा पुगेर गभर्नर अधिकारीले दुई वर्ष अगाडि सुरु गरिएको बिद्युतीय भुक्तानी क्यूआर कोडको अवस्थाका बारेमा जानकारी लिएका हुन ।
सो क्रममा गभर्नर अधिकारीले तरकारी बजारमा क्यूआर कोडबाट भुक्तानीको अवस्था सन्तोषजक पाइएको बताए । राष्ट्र बैंकले बिद्युतीय भुक्तानीलाई प्राथमिकतामा राखेको भन्दै उनले सर्वसाधारणले पनि साथ दिनुपर्ने बताएका छन् ।
गभर्नर अधिकारीले बिद्युतीय भुक्तानीलाई अव देशव्यापी बनाउनुपर्ने बताएका छन् ।
























