काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ सय रुपैयाँले बढेको हो ।
शुक्रबार १ लाख ३ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजाबी सुन पनि १ लाख रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी तोलामा १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
























