काठमाडौं । आन्तरिक विमानस्थलभित्र रहेको ‘स्वोनिगा लाउन्ज’ मा एनएमबी बैँकले २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
एनएमबि बैँकका ग्राहकले ‘लाउन्ज’ सेवाका साथै भिसा डेबिट कार्ड वा क्रेडिट कार्ड मार्फत पेमेन्ट गर्दा २० प्रतिशतसम्मको छुट पाउने बारेमा दुई संस्थाबीच सम्झौता भएको छ ।
सम्झौतापत्रमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र स्वोनिगा लाउन्जका प्रबन्ध निर्देशक सुबास श्रेष्ठले हस्ताक्षर गरेका छन् । हाल बैंकले २०१ शाखा, १३८ एटीएम, ९ एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।























