काठमाडौं । सेयर कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । नेप्से २.१६ अंकले बढेर १९६३.२२ विन्दुमा अडिएको छ।
सेन्सेटिभ इण्डेक्स १.१७ अंकले बढेर ३८४.८३ विन्दुमा पुगेको छ।
यसदिन २४३ कम्पनीको ३६ लाख ९४ हजार कित्ता सेयर १ अर्ब ५६ करोड १७ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भयो ।
कारोबार रकमका आधारमा यसदिन नबिल बैंक शीर्षस्थानमा रहेको छ। सो बैंकको १९ करोड ८० लाख ६७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो ।
कारोबारमा आएका १३ समूहमध्ये ९ को सूचक बढ्यो भने ४ को घट्यो।
यसदिन लाइफ इन्स्योरेन्सको सूचक सर्वाधिक १.९८ प्रतिशतले बढ्दा होटल एन्ड टुरिजमको १.६५ प्रतिशतले बढ्यो।
बैंकिङ समूहको सूचक ०.६७ प्रतिशतले ओरालो लाग्यो।
सामान्य अंकले बढेको सेयर बजारमा धवलागिरी लघुवित्त वित्तीय संस्थाको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो ।
























