बाजुरा । बाजुरामा स्थगित भएको मतगणना पुनः सुरु भएको छ। प्रतिनिधिसभातर्फको मतगणना बिहानबाट रोकिएको थियो ।
मतगणना भर्खरै सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
हिमाली गाउँपालिका-६ धिम मतदान केन्द्रको मतपेटीकामा मुचुल्काभन्दा ४० मत बढी देखिएपछि विवाद भएको थियो ।
बिहानको मतपरिणामअनुसार नेपाली कांग्रेसका बद्री पाण्डेले ५३९९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका कर्ण थापाले ४१३० मत प्राप्त गरेका छन् ।