काठमाडौं । ‘सबैमा पहुँच’ ‘Access to All’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै ग्राहकमैत्री बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाकालको १५औं बर्ष पूरा गरि १६औं बसन्तमा प्रवेश गरेको छ । यो यात्रामा निरन्तर साथ दिने सेवाग्राही, शेयरधनीहरु, नियमनकारी निकायहरु, कर्मचारी तथा शुभ चिन्तकहरुप्रति बैंकले कृतज्ञता प्रकट गरेको छ ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको गरिमा विकास बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२१ शाखा कार्यालय र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरीय बैकिङ्ग सेवा प्रवाह गरिरहेको छ । हाल यस विकास बैंकले रु ७२ अर्ब निक्षेप संकलन गरेको छ भने रु. ६३ अर्ब कर्जा लगानीमा रहेको छ । करिब ७ लाख ग्राहकहरुलाई सेवा पु¥याईरहेको यस विकास बैंकले आफ्नो वासलात एवं अन्य प्रमुख वित्तीय सूचकहरुमा निरन्तर सन्तोषजनक तथ्य प्रस्तुत गरिरहेको छ ।
आफ्नो वार्षिकोत्सवका अवसरमा प्रत्येक वर्ष विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यक्रमहरु संचालन गर्दै आईरहेको बैंकले यस वर्ष पनि निरन्तरता दिएको छ ।
बैैंकले रक्तदान कार्यक्रमलाई विगत वर्षहरुमा समेत महत्वका साथ निरन्तरता दिदै आएको छ । यसै अवसरमा मंसिर ७ गते बैंकको केन्द्रिय कार्यालय – लाजिम्पाट (काठमाडौं) एवं कोहलपुर (बाँके), बेनि (म्याग्दी), बुटवल (रुपन्देहि), वालिङ (स्याङ्जा), पोखरा (कास्की), नारायणगढ (चितवन), मलंगवा (सर्लाही) र चन्द्रगढी (झापा) मा रहेका यस विकास बैंकका कलष्टर तथा शाखा कार्यालहरुबाट बृहत रक्तदान कार्यक्रम सफलताका साथ सम्पन्न गरिएको छ । आज आयोजित रक्तदान कार्यक्रमहरुमा जम्मा ६१३ युनिट रगत संकलन भएको छ ।
त्यस्तै बैंकले १६औं बार्षिकोत्सवकै अवसर पारेर क्रेडिट कार्ड सेवा शुभारम्भ गरेको जनाएको छ ।