काठमाडौं । सेयर कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । नेप्से उकालो लागे पनि कारोबार रकम भने मंगलबारको तुलनामा ओरालो लाग्यो ।
आज ८५ करोड बराबरको सेयर कारोबार भयो । अघिल्लो कारोबार दिन मंगलबार १ अर्ब २३ रोड बढिको सेयर खरिदबिक्री भएको थियो ।
नेप्से १३.४० अंकले बढेर १९११.२६ विन्दुमा पुगेपनि कारोबार रकम १ अर्बबाट झरेर ८५ करोड ९४ लाखमा खुम्चियो ।
आज २३२ कम्पनीको २४ लाख ९५ हजार ६१२ कित्ता सेयर १७ हजार ७०२ पटकको कारोबारमा किचबेच भयो।
सिकलेस हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्यो । गणपति लघुवित्ती वित्तीयको मूल्य ७.७१ प्रतिशतले मूल्य बढ्यो ।
यसदिन कारोबार रकमका आधारमा रिडी पावर कम्पनी शीर्षस्थानमा रहयो। सो कम्पनीको ६ करोड ३३ लाख मूल्य बराबरको सेयर कारोबार भयो।
यस्तै, हिमालयन डिस्टिलरीको ४ करोड र नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड मूल्य बढिको सेयर कारोबार भयो ।

























