देशभरी चुनावी माहोल बनेको बेला दोलखा पनि चूनावी रक्साकस्की बढेको छ । अहिले जिल्लास्थित राजनीतिक दल आफ्नो पक्षमा मत पार्नका लागि चुुनावी केन्द्रित अभियानमा जारी छन् । राजनीतिक दलहरु अहिले आआफ्ना एजेन्डाहरु लिएर मतदाता समक्षम मत माग्न व्यस्त छन् । दोलखाबाट प्रतिनिधि सभा निर्वाचनलागि दुई ठुला राजनीतिक दलहरु आमने सामने भएका छन् । दोलखाबाट प्रतिनिधि सभा सदस्य पदका लागि नेकपा एमालेको तर्फबाट बालकृष्ण शिवाकोटी र गठबन्धनका तर्फबाट एकिकृत नेकपा माओवादीका गंगाबहदुर कार्की चुनावी मैदानमा उत्रका छन् ।
बालकृष्ण शिवाकोटी दोलखालीका लागि प्रतिष्ठित नाम हो । दोलखामा उद्यम र रोजगारी बीउ रोप्ने बालकृष्ण दोलखाली नागरिकबीच प्रतिष्ठित छन् भने माओवादीका गंगा कार्की दोलखामा माओवादी आन्दोलनको विउ रोप्ने मध्य एक पर्छन् । कार्की सहितले जिलेटिन काण्ड मार्फत दोलखामा माओवादी आन्दोलनको उद्घोष गरेका थिए ।
उद्योगी व्यवसायीका रुपमा प्रतिष्ठित शिवाकोटी दोलखा जिल्लाबाट प्रतिनिधिसभाका लागि नेकपा एमालेबाट उम्मेदवार बनेका छन् । युवा उद्यमी शिवाकोटीको नेतृत्वमा अहिले एक दर्जनभन्दा बढी उद्योग सञ्चालनमा छन् । तर, उनी आफू यो अवस्थासम्म आइपुग्न धेरै समस्या र चुनौतीको सामना गर्नुपरेको बताउँछन् ।
बालकुष्ण शिवाकोटीका हजुरबुबा गणेशराज शिवाकोटीले दोलखाको सुनखानी गाउँमा इँटा र ह्याचरी उद्योग सञ्चालन गरेका थिए । सडक सञ्जालको पहुँच नपुगेको सुनखानीमा इँटा उद्योग सञ्चालन गर्ने काम चुनौतीपूर्ण थियो । चुनौतीलाई चिर्दै हजुरबुबाले थालेको इँटा उद्योगलाई अहिले उनले निरन्तरता दिएका छन् । उनको व्यावसायिक जीवन गाउँबाट सुरु भयो । तर, गाउँमै सीमित भने भएन । उनको व्यावसायिक काम अहिले काठमाडौंलगायत देशका विभिन्न जिल्लामा फैलिएका छन् ।
व्यावसायिक सँगै राजनीतिक पृष्ठभूमिको परिवार भएका कारण उनलाई व्यवसाय सञ्चालन गर्न केही समस्या त भएन । तर, सञ्चालन भएका व्यवसायलाई निरन्तरता दिने काममा भने चुनौती थपिइरहे । उद्यपी उनले हरेष खानएनन् । एकातिर व्यवसाय अर्को तिर राजीतिक उनले दुबै कामलाई निरन्तर समाल्दै अघि बढिरहे । वि.स. २०२६ सालमा दोलखाको सुनखानीमा जन्मिएका शिवाकोटीले २४ वर्षको उमेरदेखि नै हजुरबुबा र बुबा विष्णुराज शिवाकोटीले थालेको व्यवसायलाई निरन्तरता दिएका हुन् । गाउँमा व्यवसाय गर्दै आएको शिवाकोटी परिवार गाउँमै सीमित हुन चाहदैन्थ्यो । त्यसैले राजधानीमा गएर व्यवसाय सुरु गर्नुपर्छ भन्ने सोचका साथ २०३८/३९ सालतिर बालकृणका बुबा विष्णुराजले नयाँ बानेश्वरमा काष्ठ व्यवसाय थाले । गाउँमा लामो समय प्रधानपञ्च भएका उनका विष्णुराजले राजनीतिसँगै व्यवसायलाई पनि अघि बढाएका थिए । त्यतिबेला विष्णुराजले काठमाडौंमा केही आफन्तसँग मिलेर व्यवसाय सञ्चालन गरेका थिए ।
युवा उद्यमी बालकृष्णले पनि अहिले धेरैजसो उद्योग पार्टरसिपमै सञ्चालन गरिरहेका छन् । जुनसुकै कामलाई विश्वासका साथ अगाडि बढाउन सकियो भने सबै काममा सफलता मिल्छ भन्ने उनको विश्वास छ । बुबाको कामलाई निरन्तरता दिन गाउँबाट सहर छिरेका शिवाकोटीलाई काठमाडौंमा आएर व्यवसाय सञ्चालन गर्न कम्ती चुनौतीपूर्ण थिएन । तर, ती चुनौती चिर्दै उनले सफलता हात पारिछाडे ।
सुरु–सुरुमा काठमाडौंमा व्यवसाय सञ्चालनका लागि राम्रो ठाउँसमेत पाउन उनलाई मुस्किल पर्यो । त्यसमाथि ठूला व्यवसायीसँग प्रतिस्पर्धा गरेर व्यववसाय गर्न समस्या पनि पर्यो । तर उनले हिम्मत हारेनन् । अघि बढिरहे । सफल हुँदै पनि गए । शिवाकोटीले अहिले होटलदेखि केबलकार सेवालगायत व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
उद्योगी व्यवसायीका रुपमा प्रतिष्ठित शिवाकोटी दोलखा जिल्लाबाट प्रतिनिधिसभाका लागि नेकपा एमालेबाट उम्मेदवार बनेका छन् । युवा उद्यमी शिवाकोटीको नेतृत्वमा अहिले एक दर्जनभन्दा बढी उद्योग सञ्चालनमा छन् । तर, उनी आफू यो अवस्थासम्म आइपुग्न धेरै समस्या र चुनौतीको सामना गर्नुपरेको बताउँछन् ।
साना तथा मझौला उद्योगीहरुलाई बैंक तथा वित्तीय संस्थाले ऋण दिनसमेत आनाकानी गरेको अनुभव शिवाकोटीको छ । व्यवसाय सञ्चालन सुरु गर्दा कुनै पनि बैंकले ऋण नदिँदा ठुल्ठूला समस्या बेहोर्नुपरेको तीतो यथार्थ उनीसामु छ ।
आफूले जस्तै अरू व्यवसायीलाई ऋण लिन गाह्रो नपरोस् भनेर शिवाकोटीले दोलखामा केन्द्रीय कार्यालय रहने गरी कालिञ्चोक डेभलपमेन्ट बैंक सञ्चालनमा ल्याए । शिवाकोटी अध्यक्ष रहेको बैंकले छोटो समयमै जिल्लाका विभिन्न बजारमा शाखा विस्तार गरेको थियो । बैैंकको रामेछाप र सिन्धुलीमा समेत शाखा स्थापना भए । सोही बैंकबाट अहिले ऋण लिएर धेरै युवा व्यवसायमा जम्दै छन् ।
राष्ट्र बैंकको निर्देशनपछि अरनिको डेभलपमेन्ट बैंकसँग मर्ज भएको उक्त बैंक अन्ततः मेगा बैंकसँग गाभिएको छ । हाल उनै शिवाकोटी मेगा बैंकको सञ्चालक समिति सदस्यसमेत बनेका थिए । उद्योगीहरुको नेतृत्व गर्दै लगानी बोर्डको सदस्यमा पनि उनी नियुक्त भएका थिए । मिनी क्याबिनेटका रुपमा लिइने लगानी बोर्डमा उनी दोस्रोपटक नियुक्त भएका थिए । आफ्नो मिहिनेत र लगनशीलता देखेर नै सरकारले दोस्रो पटक पनि लगानी बोर्डको सदस्यमा नियुक्त गरेको उनको दाबी छ। राजनीतिक रुपमा जुन पार्टीमा आस्था राखे पनि गृहजिल्ला दोलखाको विकासका लागि सधैं लागिरहने शिवाकोटीको प्रतिबद्धता छ ।
पर्यटनमार्फत नेपालको आर्थिक समृद्धि सम्भव छ भन्ने लागेरै उनले दोलखाको प्रमुख धार्मिक एवम् पर्यटकीय गन्तव्य कालिञ्चोकमा केबलकार सञ्चालनमा ल्याएका छन् । पर्यटन क्षेत्रमा सम्भावना रहँदारहँदै पनि उचित पूर्वाधार नभएकै कारण नेपालका धेरै पर्यटकीय स्थल ओझेलमा परेको उनको बुझाइ छ । सरकारले निजीक्षेत्रलाई पर्यटकीय स्थलहरुमा पूर्वधार निर्माणका लागि वातावरण बनाइदिए लगानीको समस्या नरहेको उनले बताए ।
कालिञ्चोकमा केबलकार सञ्चालनका लागि धेरै कम्पनीले सर्भे गर्दैै छाड्दै गरे पनि आफूले भने त्यो काम फत्ते गरेकोमा उनलाई गर्व छ । केबलकारसँगै दोलखामा स्टार होटल सञ्चालन गर्ने उनको तयारी छ ।
बालकृष्णको प्रतिद्धन्द्धीका रुपमा गठबन्धनका तर्फबाट चूनावी मैदानमा उत्रका एकिकृत नेकपा माओवादीका गंगा कार्की दोलखामा माओवादी युद्ध सुरु गरे सँगै उनले दोलखाका लगायत आसपासका भुगोलमा रही सशस्त्रयुद्ध सञ्चालन गरेका माओवादी अध्यक्ष प्रचण्ड निकट नेता हुन् । माओवादी मुलधारको राजनीतिमा आएपछि कम अवसर पाएका कार्की जिल्लामा कम देखिने, भेटिने र चिनिने नेता हुन् । माओवादी वृत्तमा बाबुराम भट्टराई निकट मानिएका देवी खड्का र विशाल खड्काले पटक पटक विभिन्न अवसर पाए पनि देवी र विशालकै भिनाजु कार्कीले भने यस पटक टिकट पाए पनि चुनाव जित्नका लागि उनलाई फलामकै चिउरा चपाउनु पर्ने अवस्था देखिएको छ ।