काठमाडौं । संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ । मंगलबार राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गर्ने तयारी छ ।