काठमाडौं । सेयर कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ।
दोहोरो अंकले नेप्से बढेसँगै सेयर कारोबार रकम पनि वृद्धि भएको छ ।
अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से १६.१४ अंकले ओरालो लागेको थियो। सो दिन कारोबार रकम १ अर्बबाट तल झरेको थियो।
आज नेप्से परिसूचक ४३.२० अंकले बढेर १०६५.३६ विन्दुमा पुगेको छ। सेन्सेटिभ एन्डेक्स ८.०९ अंकले बढेर ३८७.५२ विन्दुमा अडिएको छ।
नेप्से बढेसँगै डेढ अर्बमाथिको सेयर कारोबार भएको छ ।
२२८ कम्पनीको ३९ लाख १३ हजार ५७३ कित्ता सेयर १ अर्ब ५४ करोड ८० लाख ३२ हजार ५६२ रुपैयाँमा खरिदबिक्री भयो ।
यसदिन लघुवित्तको सेयरमा लगानीकर्ताको आकर्षण देखियो । ४ लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जालपा सामुदायिक लघुवित्त ,मुनषी लघुवित्त, नेष्डो समृद्धि लघुवित्त र उपकार लघुवित्तको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो ।
यसैगरी उन्नति सहकारी लघुवित्त वित्तीय,स्वेत गंगा हाइड्रोपावर र कनकामना स्मार्ट लघुवित्त वित्तिय संस्थाको ९ प्रतिशत माथि सेयर मूल्य बढ्यो ।
कारोबार रकमका आधारमा नेष्डो समृद्धि लघुवित्त शीर्षस्थानमा रह्यो। सो कम्पनीको १० करोड बढिको सेयर कारोबार भयो । कारोबारमा आएका १३ समूहमध्ये १२ को सूचक बढ्यो भने १ को घट्यो ।
यसदिन माइक्रो फाइनान्स समूहको सर्वाधिक ४.५८ प्रतिशतले बढ्यो। फाइनान्सको ४.०८, अदर्शको ४.०५ प्रतिशतले बढ्दा मनु एन्ड प्रोको ३.८१ र हाइड्रोपावरको परिसूचक ३.२५ प्रतिशतले वृद्धि भयो । १२ समूहको परिसूचकमा हरियाली छाउँदा म्युचुअल फन्डको मूल्य भने ओरालोतिर लाग्यो ।




















