काठमाडौं । तीन दिन लगातार उकालो लागेको सेयर बजार आज दोहोरो अंकले ओरालो लागेको छ ।
साताको तीन दिन सोमबार, मंगलबार र बिहीबार नेप्से परिसूचक लगातार उकालो लागेको थियो । नेप्से बढेसँगै कारोबार रकम पनि वृद्धि भएको थियो ।
तर, आज नेप्से १६.१४ अंकले ओरालो लागेर १९२२.१६ विन्दुमा पुगेको छ। नेप्से घटेसँगै कारोबार रकम पनि १ अर्ब मुनि झरेको छ ।
आज २२० कम्पनीको २७ लाख ६७ हजार ५३९ कित्ता सेयर ८९ करोड ९८ लाख ७ हजार ८३० रुपैयाँमा खरिदबिक्री भयो ।
अघिल्लो कारोबार दिन बिहीबार १ अर्ब ४६ करोड ७९ लाख १४ हजार ८७५ रुपैयाँको सेयर कारोबार भएको थियो ।
कारोबारमा आएका १३ समूहमध्ये ११ को मूल्य घट्यो भने २ को बढ्यो ।
हाइड्रोपावर, डेभलपमेन्ट, फाइनान्स,अदर्श समूहको सूचक १ प्रतिशत बढिले घट्दा नन लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्सको १.४ प्रतिशतले बढ्यो ।
यसदिन कुनैपनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन । ४ करोड मूल्यको सेयर कारोबार गरी एभरेष्ट बैंक शीर्षस्थानमा रह्यो ।

























