गौतम बुद्धको जन्मस्थल लुम्विनी रूपन्देही जिल्लामा पर्दछ । लुम्बिनी बौद्ध धर्मालम्बीहरूको विशेष ऐतिहासिक तीर्थस्थलको नामले विश्वमै चर्चित भएको कारण युनेस्को विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरिएको छ। मायादेवी र भगवान बुद्धप्रति अघाध आस्था राख्ने भएकोले हिन्दु धर्मावलम्बीका लागि समेत लुम्बीनी महत्त्वपूर्ण धार्मिक गन्तव्य बनेको छ ।
कपिलवस्तु गणराज्यमा महाराज शुदोदनले राज्य गरिरहेको थियो । महारानी महामायादेवी कपिलवस्तुबाट आफ्नो माइतीघर देवदहतिर गइरहँदा बाटोमा पर्ने लुम्बिनीको प्राकृृृतिक सौन्दर्यले रमय उद्मानमा एकछिन आराम लिनुभएकै बेला उहाँलाई प्रशव व्यथा भयो । त्यहीको एउटा सालवृृक्षमुनि वैशाखपुर्णिमाका दिन (५६३ ई.पू.) बोधिसत्व सिद्धार्थको जन्म भएको थियो ।
सिद्धार्थ गौतममा संसारप्रति वैराग्य उत्पन्न भएपछि विभिन्न ठाउँमा भौंतारिँदै भारतको बोधगया पुगेर त्यहाँ तपस्या गर्नु भयो । तपस्या गर्दै गर्दा उहाँले बुद्धत्त्व प्राप्त गर्नु भयो ।
संसारलाई अहिंसाको पाठ सिकाउने र युद्ध, आतङ्क, काटमारबाट मानिसको हित नदेख्ने महामानव गौतम बुद्धको मृत्यु ८० वर्षको उमेरमा भारतको कुशीनगरमा बैशाख शुक्ल पूर्णिमाको दिनमा अर्थात जन्मदिनमा नै भएको थियो ।
भगवान सिद्धार्थ गौतम वुद्ध जन्मस्थलमा स्वदेशी र विदेशी पर्यटकहरु आउने गरेका छन् । यहाँ विदेशी पर्यटक मात्र होइन, विभिन्न देशले मन्दिर समेत बनाएका छन् ।
तस्बिर : मार्गदर्शनन्यूज