काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।
सुन प्रतितोला ९४ हजारमा र चाँदी १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आइतबार सुन र चाँदी सोही मूल्यमा खरिदबिक्री भएको थियो ।
यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ तोकिएको छ ।

























