काठमाडौं । तिहार बिदाअघिको सेयर कारोबार दिन आज (आइतबार) नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । यस दिन नेप्से परिसूचक १४.३५ अंकले बढेर १८५८.४९ विन्दुमा पुगेको छ ।
दसैंपछि सेयर बजार नियमित ओरालो लागेको थियो । २२१ कम्पनीको १५ लाख ३८ हजार ४२ कित्ता सेयर ५१ करोड ६८ लाख ३ हजार ४८४ रुपैयाँमा खरिदबिक्री भयो । दोहोरो अंकले बढेको सेयर बजारमा दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो ।
रुरु जलविद्युत परियोजना र सयपत्री हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढ्यो । यस्तै सिटीजन्स म्युचुअल फण्डको मूल्य७.८० प्रतिशतले उकालो लाग्यो ।
सिटीजन्स म्युचुलअ फन्ड २ को सेयर मूल्य भने ९.५५ प्रतिशतले ओरालो लाग्यो । ५ करोड बढिको कारोबार गरी एभरेष्ट बैंक अग्रस्थानमा रह्यो । कारोबारमा आएका १३ समूहमध्ये ११ को मूल्य बढ्यो भने २ को घट्यो । नन लाइफ इन्स्योरेन्सको सर्वाधिक १.२२ प्रतिशतले मूल्य बढ्दा डेभलपमेन्ट समूहको १.०२ प्रतिशतले बढ्यो।
होटल्स एन्ड टुरिजम र म्युचुअल फन्डको क्रमश ०.७७ र ०.२८ प्रतिशतले सेयर मूल्य घटेको हो । शेयर बजार अब एक हप्तापछि खुल्नेछ ।

























