काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग विश्व बैंकका उपाध्यक्ष मार्टिन रसेरले आज बालकोटस्थित ओली निवासमा शिष्टाचार भेट गरेका छन् ।
चारदिने नेपाल भ्रमणमा रहेका रसेरले ओलीसँगको भेटमा विश्व बैंक नेपालसँग दीर्घकालीन र बलियो साझेदारी गर्न चाहेको र त्यसका लागि उपयोगी र अति आवश्यक आयोजनाहरूको छनौट पनि भएको वताएका छन् ।
सो अवसरमा अध्यक्ष ओलीले राजनीतिक, आर्थिक, सामाजिक चुनौतीका बावजुद नेपाल विकास यात्रामा अगाडि बढी रहेका बताएका छन् ।
अध्यक्ष ओलीले कुनै उद्देश्य, गन्तव्य र दृष्टिकोण नभएको वर्तमान गठबन्धन सरकारले रोकेका देशको विकास र गरिबी निवारणका कामलाई आगामी निर्वाचनपछि एमालेले सरकार गठन गरी अगाडि बढाउने वताएका छन् ।

























