काठमाडौँ । बिहीबार सुन र चाँदीको मूल्य घटेको छ । सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ५ सय र चाँदी ५ रूपैयाँले घटेको छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा ९६ हजार ६०० र तेजावी सुन ९६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार १ सय र तेजाबी सुन ९६ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो । बिहीबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १ हजार २२५ मा कारोबार भइरहेको छ ।