काठमाडौं । देशको दुरदराजमा रहेका लाखौं ग्राहकहरू माझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले निक्षेप रकमको १० गुणासम्म मुद्दती रकम फिर्ता हुने उच्च प्रतिफलको ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ ।
‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ मा रू. १० लाख निक्षेप गर्दा रू. १ करोड पाइने यो योजनामा ५ वर्षको लागि रू. ८४ लाखसम्मको बीमा सुविधा समेत रहेको बैंकले जनाएको छ ।
























