काठमाडौं । पोखराबाट काठमाडौं उडेको यती एयरलाइन्सको जहाजको इन्जिनमा खराबीको संकेत देखिएपछि उडेको ६ मिनेटमै पुनः पोखरा नै फर्काइएको छ ।
यती एयरलाइन्सको ६७२ उडान नम्बरको एटीआर ७२ जहाज आज बिहान पोखराबाट काठमाडौं उडेलगत्तै समस्या आएको हो । जहाजको इन्डिकेटरले बायाँ इन्जिनमा ‘रेड लाइट’ देखाएपछि पाइलटले तत्काल जहाज पोखरा नै फर्काएर यति एयरका प्रवक्ताले जानकारी दिएका छन् ।
‘सो जहाजमा ४५ जना यात्रु थिए । इन्जिनियरहरुले जहाजको चेकजाँच गरिरहेको बताइएको छ ।