काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कृषिप्रधान देशमा दुई खर्वभन्दा बढिको खाद्यान्न आयात हुनु लज्जास्पद र चिन्ताजनक बिषय भएको बताएका छन् ।
गन्तव्य परिवारद्वारा सोमबार काठमाडौमा आयोजित घर एक उद्यमशिल सदस्य अभियानको शुभारम्भ गर्दै सभामुख सापकोटाले सो कुरा बताएका हुन ।
कृषिप्रधान देशमा आन्तरिक उत्पादन बढाउनुपर्नेमा दुई खर्व ५० करोडको खाद्यान्न आयात हुनु लज्जास्पद र चिन्ताजनक भएको भन्दै उनले युवाहरुलाई स्वदेशमा नै परिचालन गरि उत्पादन बृद्धिमा ध्यान दिनुपर्ने बताएका छन् ।
नेपालका युवाहरु बिदेशका हरेक निकायमा रहेको भन्दै उनीहरुलाई स्वदेशमा नै परिचालन गर्दै मुलुकको आर्थिक बिकासमा ध्यान केन्द्रीत गर्नुपर्ने उनले बताए । सभाभुख सापकोटाले गुन्द्रुक, जनै लगाएत पछिल्लो समय खरानी समेत बिदेशबाट ल्याउनुपर्ने अवस्था अन्त्य गरेरै छाड्नुपर्ने बताएका छन् । उनले युवाहरुको आवाजलाई राष्ट्रले धेरै राम्रोसंग बुलन्द गरिरहेको र त्यसको संकेत काठमाडौं र धरानमा देखिन थालेको जिकिर गरेका छन् । युवाहरुको भावनालाई बुझ्न नसके मुलुक अझै पछि पर्ने उनको भनाई छ ।
कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
























