काठमाडौँ । सरकारले बिलासी बस्तुको आयात प्रतिबन्धको समयलाई थप गर्दै १४ भदौसम्म पुर्याएको छ ।
शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले वाणिज्य मन्त्रालयको प्रस्तावमा यसअघि लगाउँदै आएको आयात प्रतिबन्धको म्यादलाई १४ भदौसम्म थप गर्ने निर्णय गरेको हो ।
जसअनुसार कुरकुरे कुरमुरे लेज, औद्योगिक कच्चा पदार्थ बाहेक सबै प्रकारका मदिरा, औद्योगिक कच्चा पदार्थ बाहेक चुरोट सुर्तीजन्य पदार्थ, हिरा र ३ सय अमेरिकी डलरभन्दा बढीको स्मार्ट फोन ल्याउन प्रतिबन्ध लगाएको छ ।
मन्त्रालयको सूचना अनुसार ३२ इन्च भन्दा बढीको रङ्गिन टिभी, जीप कार भ्यान, १ सय ५० सीसीभन्दा बढीका सबै खाले मोटरसाइकल लगायतका बिलासी बस्तुको सामान छन् ।
मन्त्रालयले १३ वैशाखमा राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न वस्तुमा चालु वर्षको अन्त्यसम्म आयात प्रतिबन्ध लगाएको थियो ।
पछिल्लो निर्णयसँगै प्रतिबन्धलाई ४४ दिन थप गरेको हो। यसअघि प्रतिबन्ध लाग्दै आएको मोटरसाइकलको हकमा १ सय ५० सीसी सम्मको भने आयातमा खुल्ला गरेको छ ।
























