काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मधेशका कांग्रेसीजन गठबन्धनको पक्षमा नरहेको बताएका छन् । जनकपुरधामको पिडरिया माइस्थान स्थित पार्टी कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा नेता कोइरालाले यस्तो बताएका हुन् ।
उनले मधेशका सबै जिल्लाका सभापतिहरु कांग्रेस एक्लै लड्नुपर्ने पक्षमा रहेको जिकिर गरे । उनले गठबन्धन गर्नै पने हो भने पनि न्युनतम सिट दिएर मात्र गठबन्धन गर्नुपर्नेमा जोड दिए ।
नेता कोइरालाले गठबन्धन गर्ने पक्षमा तपाईहरु हुनुहुन्न भन्ने कुरा मलाई थाहा छ भनिरहँदा उपस्थित नेता कार्यक्रताले ताली बजाएका थिए । गठबन्धनका न्यूनतम मापदण्ड मानेर कांग्रेस अगाडि बढनुपर्ने उनले बताए । गठबन्धन कति र कस्तो गर्ने भन्ने कुरामा व्यापक छलफल हुनुपर्ने कोइरालाले बताए ।
स्थानीय तहको निर्वाचन र अगामी निर्वाचनको परिस्थति फरक रहेको बताउदै उनले दुरगामी सोचका साथ नेतृत्वले निर्णय गर्न सुझाव दिए । अर्थमन्त्रीको घटना विषयमा बोल्दै नेता कोइरालाले अर्थमन्त्रीको राजीनामाले नै गडबड भएको स्पष्ट भएकाले यस्तो संवेदनशील घटनामा अर्थमन्त्रीको राजीनामाले मात्र नपुग्ने बताए ।
























