काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभागमा एम अधिकारी, खोटाङ भनी उल्लेखित व्यक्ति राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको स्पष्ट पारेको छ ।
एम अधिकारी राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी भएको आशंकामा अहिले चौतर्फी आलोना भइरहेको छ ।
यता, आफ्नो नाम जोडर प्रचार भइरहेको भन्दै महाप्रसाद अधिकारीले एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखी आफू कुनै पनि पार्टीको सदस्य रहने कुरा सोच्नसमेत नसकिने बताए ।
घनश्याम भुसाल प्रमुख रहेको नेकपा एमालेको अर्थ तथा योजना विभागको ९ सदस्यमध्ये एक खोटाङ जिल्ला स्थायी ठेगाना भएका एम अधिकारी उल्लेख छ ।
गभर्नर अधिकारीले एमालेलाई लेखेको पत्रको जवाफ दिँदै सो पार्टीका केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले एम अधिकारी नै गभर्नर महाप्रसाद भनी भ्रम सिर्जना भएकोमा ध्यानाकर्षण भएको जनाइएको छ ।




















