काठमाडौ । प्रतिनिधिसभाको उपसभामुखको शुक्रबार हुने निर्वाचनमा गठबन्धनका तर्फबाट कांग्रेस सांसद पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सांसद विद्या भट्टराईबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय थियो । आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची छ ।
गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल र एमालेले विद्या भट्टराईलाई अगाडि सारेको छ । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले उपसभामुखको उम्मेदवार भट्टराई भएको जानकारी दिए ।
यसअघि एमालेले साना दलहरुले अघि सारेका उम्मेद्वारहरुलाई सघाउने तयारी गरेको थियो । जसमा लोसपाकी चन्दा चौधरीको नाम अगाडि आएको थियो । तर, अब भने कांग्रेसकी भुसाल र एमालेकी भट्टराईबीच नै प्रतिस्पर्धा हुने भएको छ ।

























