काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देशका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले ओमनका लागि डोरनाथ अर्याल यसैगरी साउदी अरेबियाका लागि नवराज सुवेदी र श्रीलंकाका लागि वासुदेव मिश्रलाई राजदूत नियुक्त गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले संविधानको धारा २८२ को उपधारा १ बमोजिम उहाँहरुलाई सरकारको सिफारिसमा राजदूत नियुक्त गरेको विज्ञप्तिमार्फत् जानकारी दिनुभयो ।
























