काठमाडौँ । अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव गरेको १ सय २५ सदस्यीय पोलिटब्युरोप्रति नेताहरुले असन्तुष्टि जनाएपछि बैठक स्थगित गरेर असन्तुष्ट पक्षसँग छलफल भइरहेको बताइएको छ ।
अध्यक्षले प्रस्ताव गरेको पोलिटब्युरो सदस्यको नामावलीप्रति काभ्रे जिल्ला, प्रदेश १ र मधेस प्रदेशका नेताहरुले तीव्र असन्तुष्टि जनाएका हुन्।
असन्तुष्ट पक्षले बैठक रोकेर भएपनि नाम सच्याउन दवाव दिएका थिए । पोलिटव्यूरोमा अध्यक्ष दाहालका बुहारी विना मगर, छोरी रेणु दाहाललाई राखिएको छ । तर युद्धको बेलादेखि माओवादीमा लागेर काम गर्दै आएका नेताहरु पोलिटव्यूरोमा नपरेपछि नेताहरुमा असन्तुष्टि बढेको बताइएको छ ।



















