काठमाडौं । सरकारले स्थानीय समुदाय, महिला तथा संघीयता विरोधी वन नियमावलीलाई स्वीकृत गरेर राजपत्र प्रकाशित गरेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघले नियमावली जलाएका छन् ।
मंगलबार वन परिसरमा विरोध प्रदर्शन गर्दै उनीहरुले नियमावलीको प्रति जलाएका हुन् । उनीहरुले वन नियमावली नीतिगत भ्रष्टाचार बढाउने गरि आएको, सामूदायिक वन सातौ कार्यशाला गोष्ठीको घोषणापत्र विपरित आएको र वन ऐन २०७६ समेत विपरितको भएको भन्दै वन नियमावली खारेज गर्न माग गरेका छन् । सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठकले वन नियमावलीको बिषयमा महासंघले दिदै आएको सुझावको विपरित नियमावली आएको आरोप लगाएको छ । संविधान बिपरित नियमावली आएको र यसले वन उपभोक्ता समूहको अधिकारलाई कुण्ठित गरेको उनले बताए ।
उनले सवै अधिकार संघीय सरकारले लिने गरि ल्याएको नियमावली कुनै हालतमा मान्य नहुने स्पष्ट पारेका छन् ।