काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दैछन् ।
अध्यक्ष ओलीले समसामयिक विषयमा दलको धारणा राख्न सभामुखसँग समय माग गरिएको नेकपा एमालेले जनाएको छ । एमालेका अनुसार ओलीले एसपीपीलगायतका समसामयिक विषयमा धारणा राख्ने भएका हुन् ।
अमेरिकी स्टेट प्रोग्राम पार्टनरसिप (एसपीपी)मा सहभागी हुन नेपाली सेनाले ओली सरकारकै पालामा पत्राचार गरेको समाचार सार्वजनिक भइरहेकै बेला ओलीले सोबारे वास्तविकता बताउन सम्बोधन गर्न लागेको बताइएको छ । ओलीले सेनाले पठाएको पत्रको वैधानिकतामाथि नै प्रश्न उठाउँदै आएका छन् ।