काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजबाट सुरु भएको छ । प्रज्ञा भवन कमलादीमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकका कार्यसूचीबारे जानकारी गराएका छन् ।
वैठकमा नयाँ सदस्यहरुको सपथग्रहण, बैठक सन्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी, प्रदेशहरुबाट संक्षिप्त रिपोर्टिङ, अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट, संगठनात्मक विषय, स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेश र संघको निर्वाचनको तयारी र विविध गरी नौ एजेण्डामा छलफल हुने अध्यक्ष दाहालले जानकारी गराएका छन् ।
























