काठमाडौं । देशको दुरदराजमा रहेका लाखौं ग्राहकहरू माझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले २०७९ आषाढ १२ गतेदेखि निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने सर्वाधिक उच्च ब्याजदर सहितको नवीनतम ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ । यो आकर्षक योजना व्यक्तिगत, संस्थागत एवं रेमिन्टास ग्राहक लक्षित गरि ल्याइएका बैंकले जनाएको छ ।
हाललाई छोटो अवधिसम्म लागू हुने यो योजनामा निक्षेपकर्ताहरुले ५ वर्ष १० महिनादेखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गर्दा डबलदेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउने बताइएको छ । निक्षेपकर्ताहरुले आफूले निक्षेप गरेको रकमको ८० प्रतिशत बराबर रकम कर्जा समेत लिन सक्ने बैंकले जनाएको छ ।
योजनाको विभिन्न अवयवहरु यस्ता छन् –
| योजना | व्याक्तिगत | संस्थागत | रेमिन्टास |
| २ गुणा (2X) | ६ वर्ष ४ महिना २५ दिन | ७ वर्ष २ महिना २७ दिन | ५ वर्ष १० महिना १४ दिन |
| ३ गुणा (3X) | १० वर्ष २ महिना १४ दिन | ११ वर्ष ८ महिना ९ दिन | ९ वर्ष ४ महिना १० दिन |
| ४ गुणा (4X) | १२ वर्ष ११ महिना २ दिन | १४ वर्ष १० महिना २९ दिन | ११ वर्ष १० महिना ७ दिन |
| ५ गुणा (5X) | १५ वर्ष ० महिना १३ दिन | १७ वर्ष ५ महिना ९ दिन | १३ वर्ष ९ महिना १५ दिन |
| ६ गुणा (6X) | १६ वर्ष ९ महिना ६ दिन | १९ वर्ष ६ महिना ७ दिन | १५ वर्ष ४ महिना १७ दिन |
| ७ गुणा (7X) | १८ वर्ष २ महिना २४ दिन | २१ वर्ष ३ महिना १३ दिन | १६ वर्ष ८ महिना २१ दिन |
| ८ गुणा (8X) | १९ वर्ष ६ महिना १ दिन | २२ वर्ष ९ महिना २६ दिन | १७ वर्ष १० महिना २० दिन |
| ९ गुणा (9X) | २० वर्ष ७ महिना १५ दिन | २४ वर्ष २ महिना ५ दिन | १८ वर्ष ११ महिना १ दिन |
| १० गुणा (10X) | २१ वर्ष ७ महिना १७ दिन | २५ वर्ष ४ महिना २३ दिन | १९ वर्ष १० महिना २ दिन |
यसअघि बैंकको ५ वर्षसम्म कुल रु. ८४ लाख सम्मको बीमा सुनिश्चित गर्ने अतुलनिय फाइदाहरुसँगै सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जा सम्बन्धी फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू रहेको ‘सर्वश्रेष्ठ बचत खाता’ योजना सञ्चालनमा ल्याएको थियो । यी योजनामा ग्राहकहरुको अत्यन्त उत्साहजनक सहभागिता रहेको बैंकले जनाएको छ ।
आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी बैंकको निक्षेप योजनाहरूलाई सोही अनुरुप निरन्तर रुपमा थप ग्राहकमैत्री, प्रभावकारी तथा बैंकिङ्ग क्षेत्रकै सर्वश्रेष्ठ फाइदाहरूले भरिपूर्ण हुने सुनिश्चित गर्दै जाने नीति तथा रणनीति रहेअनुरुप बैंकले यस अघि लिएर आएको निक्षेप खाताहरूमा पाइने फाइदा भन्दा अझ बढी फाइदाहरु रहेको मौज्दातको रकममा १० गुणा रकम फिर्ता हुने ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ ल्याइएको हो ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा एनआईसी एसिया बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।
देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई एनआईसी एसिया बैंकले सेवा दिन सफल भएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यो बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.३ अर्ब १६ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।




















