काठमाडौं । नेताको अनावश्यक दबाबले नराम्रा मान्छेलाई नियुक्ति दिन बाध्य हुनुपरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले बताएका छन् । उनले पार्टीका नेताको अनुचित ‘प्रेसर’ले नराम्रा मान्छेलाई नियुक्ति दिनुपरेको बताए ।
राजीनामापछि आइतबार पर्यटन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘पार्टीका नेताको प्रेसरले नराम्रो मान्छे नियुक्ति गर्नुपर्यो, विस्तारै सच्याउँदै गएको थिएँ ।’ उनले कसलाई, कुन नेताको दबाबमा कहाँ नियुक्त गरिएको हो त्यो भने बताएनन् । उनले नेपाल वायुसेवा निगममा युवराज अधिकारीलाई नियुक्त गरेका थिए ।
























