काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले इमान्दारीता देखाउन नसक्दा कम्युनिष्ट पार्टी बिभाजन भएको बताएका छन् ।
शुक्रबार एमाले कार्यालय च्यासलमा भएको कार्यक्रममा ओलीले आफुले कसैलाई पार्टीबाट ननिकाले भन्दै प्रचण्डले एकताप्रति इमान्दारीता देखाउन नसक्दा कम्युनिष्ट पार्टी बिभाजन भएको बताएका हुन ।
प्रचण्डले पार्टी एकताको चरम दुरुपयोग गरेको र पार्टी अध्यक्षमाथि आरोपको पुलिन्दा बनाएको ओलीको टिप्पणी छ । ओलीले आफुलाई पार्टीबाट आफुलाई निष्कासन गरेर पार्टी कब्जा गरेर प्रतिक्रियाबादीको सेवामा अर्पण गर्ने काम प्रचण्डले गरेपनि पार्टीलाई जोगाएको बताए । त्यस्तै ओलीले सरकारले स्थानीय तह निर्वाचनमा राज्यशक्तिको चरम दुरुपयोग भएपनि एमालेको जनमत नघटेको दावी गरे ।
१५ साल यता अहिलेजस्तो राज्यशक्तिको दुरुपयोग कहिल्यै नभएको बताउँदै ओलीले केही सिटमा पछि परेपनि आगामी निर्वाचनमा एमाले पहिलो पार्टी हुने जिकिर गरेका छन् ।
ओलीले समाजवादमा पुग्ने वैचारिक स्पष्टता एमालेमा मात्रै रहेको दावी पनि गरेका छन् ।