काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मन्त्रिपरिषद् हेरफेर हुन विलम्व हुनुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हात रहेको संकेत गरेका छन् । पार्टीको पोलिटव्यूरो वैठकमा बोल्दै उनले गठबन्धनका अन्य दलका कारण आफ्नो पार्टीको मन्त्री फेर्ने निणर्य कार्यान्वयन हुन नसकेको बताएका हुन् ।
मन्त्री फेर्नेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग आफूले पटकपटक कुरा गरेपनि उनी अरु दलको प्रभावमा पर्दा मन्त्री फेर्ने निर्णय कार्यान्वयन हुन नसकेको अध्यक्ष नेपालको आरोप छ ।
त्यस्तै अध्यक्ष नेपालले स्थानीय तहको चुनावपछि शक्ति सन्तुलनको तस्बिर स्पष्ट देखिएको बताएका छन् । बैठकमा अध्यक्ष नेपालले चुनावपछि देखिएको अवस्था, पार्टीको नीति र निर्णयका बोरमा आवश्यक समीक्षा गर्नुपर्ने देखिएको समेत बताएका छन् ।
उनले यसअघिको अवस्थाबाट पाठ सिक्दै संभावनालाई प्रयोग र चूनौतिको सामना गर्न बैठकले उचित मागदर्शन तय गर्ने धारणा राखेका छन् । अहिले पार्टीले कुनै पनि नीति तय गर्दा परिस्थितिको बिश्लेषण गर्दै सहि निर्णयमा पुग्नुपर्ने अवस्था रहेको उनले बताएका छन् ।
पोलिटब्युरो बैठकले स्थानीय तह चुनावको समीक्षा र आगामी चूनावका लागि आवश्यक रणनीति बनाउने समाजवादीले जनाएको छ । बैठकको पूर्वसन्ध्यामा सरकारमा सहभागी चार मन्त्रीसहित १० जना सांसदले संसदीय दलको बैठक माग गरेका छन् । चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय कार्यान्वयन नहुँदा नेकपा एकीकृत समाजवादीभित्र विवाद चुलिएको छ ।