काठमाडौं । राप्रपा नेपालले सुदूरपश्चिमको धनगढी र कर्णालीको सुर्खेतमा अन्तरक्रिया र अगुवा कार्यकर्ता भेला गर्ने भएको छ।
प्रदेशका राजधानीहरूमा कार्यक्रम गरिने तय भए अनुसार यसअघि हेटौंडा, विराटनगर, जनकपुर, बुटवल र पोखरामा कार्यक्रम सम्पन्न भइसकेका राप्रपा नेपालले जनाएको छ ।
यही असार ११ गते सुदूरपश्चिम प्रदेशस्तरिय कार्यक्रम धनगढीमा र १६ गते सुर्खेतमा कर्णाली प्रदेशस्तरी गरिने बताइएको छ ।
कार्यक्रमका लागि राप्रपाका महामन्त्री राजाराम बर्तौला धनगढी गइसकेका छन् । बर्तौलाका अनुसार सबै वर्ग, क्षेत्र, समुदायका व्यक्तिहरूसँग पार्टी अध्यक्ष कमल थापाले अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । प्रदेशभित्रका जिल्लाका अध्यक्षसहित प्रतिनिधिहरूको सहभागितामा छुट्टै अगुवा कार्यकर्ता भेलाको आयोजना हुनेछ । जहाँ थापाले प्रशिक्षण समेत दिने बताइएको छ ।