काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोलामा २०० रुपैयाँले बढेको छ ।
बुधबार प्रतितोला ९७ हजार ३०० मा कारोबार भएको सुनको मुल्य बिहीबार २०० रुपैयाँले वृद्धि भएर ९७ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुनको भाउ पनि ९७ हजारमा नेपाली बजारमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।