काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार २५४ जनाको पीसीआर परीक्षणमा १८ जना र ७७३ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी २३ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणबाट गत २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।
त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जना निको भएका छन् भने हाल देशभर १०८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २ जना होम आइसोलेसनमा रहेका छन् ।
आइतबार थपिएका सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ७३९ पुगेको मन्त्रालयले जनाएको छ ।




















