काठमाडौँ । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाडौंबीच मर्जर हुने सम्झौता भएको छ । बिहीबार भएको सम्झौताअनुसार मर्जरपछि बैंकको नाम ग्लोबल आईएमई बीओके बैंक लिमिडेट रहनेछ।
मर्जरपछि बन्ने बैंकको अध्यक्ष र सीईओ भने ग्लोबल आईएमई बैंककै रहने बताइएको छ ।
सबैभन्दा धेरै चुक्ता पुँजी भएको ग्लोगलमा विओकी मर्जर भएपछि सो बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ।
यी दुई बैंक मर्ज भएपछि ग्लोवल आईएमईमा मर्ज हुने संख्याको संख्या १९ पुग्नेछ ।
























