काठमाडौं । नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले आगामी आर्थिक वर्षको बजेट थप आर्थिक संकट निम्त्याउने टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै सांसद ज्ञवालीले बजेटले आर्थिक स्थिरताभन्दा पनि थप संकटको पुनरोत्पादन गर्ने दाबी गरेका हुन ।
ज्ञवालीले भने, ‘विश्वको अर्थतन्त्रमा जुन सक हुँदैछ, त्यसलाई अबजर्भ गर्न नसक्ने र थप संकटको पुनरुत्पादन गर्ने हिसाबले आयो यो बजेट, मैले त्यस्तो अपेक्षा गरेको थिएन ।’
अर्थमन्त्री जनार्दन शर्माले जमिन नटेकी ल्याएको बजेटले उत्पादन वृद्धि गर्न नसक्ने हुँदा सरकारी कोषमा पैसा नहुने, व्यापार घाटा पनि घटाउन नसक्ने दावी गरेका छन् ।



















